Nepal in Pictures

नेपाल अलग छ, भेषभूषा फरक फरक छ, दुई त्रिकोणात्मक झण्डामा चन्द्र र सूर्य छ, 
मेची र महाकालीले पहरेदारी गरिरहेछ, चिसो हिमालको न्यानो काखमा बसिरहेछ, नेपाल अलग छ। 
डाँडा र काँडा लालीगुराँसले भरिएको छ, तलाउहरु तपस्या गरिरहेको छ, चराहरु चिरबिर गरी नाचिरहेको छ, खोलाहरु अबिरल बगिरहेको छ, नेपाल अलग छ। 
शान्तिको ध्वनि विश्वभर फैलाइरहेको छ, अन्याय विरुद्ध लडिरहेको छ, वीरताको चिनो बनिरहेको छ, सबैको मनमा बसिरहेको छ, नेपाल अलग छ। 
परम्पराको खानी छ, इतिहासको साक्षी छ, सगरमाथाको चुचुरो छ, बुद्धको जन्मभूमि छ, 
नेपाल अलग छ,नेपाल अलग छ। [poem by: Manish Man Shrestha] [  See more at: ktmBlog]


Comments